भण्डारा डेरीको चुनाव भोली शनिवार, नेकपा उत्साहित, हामी जित्छौ – काग्रेश

भण्डारा डेरीको चुनाव भोली शनिवार, नेकपा उत्साहित, हामी जित्छौ – काग्रेश

माघ २४ गते । राप्ती नगरपालिका स्थित भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन अन्र्तगत शनिवार भोली मतदान हुदैछ । निर्वाचनमा नेकपा र नेपाली काग्रेशको समर्थनमा उम्मेदवारहरु प्यालन वनाएर चुनावी मैदानमा छन् । नेकपाको समर्थनमा डिल्ली प्रसाद थपलिया र नेपाली काग्रेशको समर्थनमा विश्वकान्त रुवाली चुनावी मैदानमा छन् । थपलिया अघिल्लो पटक पनि मतदानबाटै निर्वाचित भएका थिए । उनीहरु वाहेक तीर्थराज पाण्डे स्वतन्त्र उम्मेदवार भएर अध्यक्षमा लड्दैछन् । प्यानल वनाएकाहरु दलको समर्थनमा रहेकाले यो चुनावलाई दलहरुले प्रतिष्ठाको लडाईको रुपमा वुझेका छन् । नेकपा राप्ती नगर अध्यक्ष इमानसिंह लामा भण्डारा दुग्ध सहकारीको चुनाव सहज रुपमा जित्नेमा आशावादी छन् । नेकपाकै थलराज पाठकले पनि अध्यक्षमा उम्मेदवारी दिएकोमा उनले थपलियालाई सहयोग गर्ने लिखित सहमती जनाएका छन् । यसले गर्दा थपलियाले सहज रुपमा जित्नेमा नेकपा उत्साहित देखिन्छ । नेकपाले आफ्ना उम्मेदवारहरुलाई जिताउन सम्पूर्णमा आग्रह समेत गरेकने छ । नेकपाको समर्थनमा अध्यक्षको उम्मेदवार वनेका थपलियाले अघिल्लो कार्यकालमा सहकारीमा ढुवानीका लागि रिक्सा विस्थापित गरी गाडी खरिद गरेका छन् भने उनकै महत्वपूर्ण भुमिकामा राप्तीमा पशु आहार उद्योग समेत स्थापना भएको छ ।
यता नेपाली काग्रेश राप्ती नगर सभापति नारायण उप्रेती पनि आफ्नो पार्टीको समर्थनमा उठेका उम्मेदवार रुवालीले चुनाव जित्ने दावी गर्छन् । समर्थन जनाएको भनिएका नेकपाका उम्मेदवार पाठकले चुनाव चिन्ह पाईसकेकाले आफ्ना उम्मेदवारले यस पटकको चुनाव जित्ने उप्रेतीको दावी छ । थपलियाको प्यानलको उपाध्यक्षमा राजेन्द्र प्रसाद तिमिल्सिना, सचिवमा रामचन्द्र हुमागाई, कोषाध्यक्षमा सुवास सिलवाल र सहसचिवमा प्रकाश कुमार सेढाईं उमेदवार छन । नेपाली काग्रेशको समर्थनमा उठेका रुवालीको प्यालनको उपाध्यक्षमा डाल वहादुर श्रेष्ठ,सचिवमा हरिकुमार दनै,कोषाध्यक्षमा हरिमाया उप्रेती र सहसचिवमा सर्वेश्वर थपलियाको उम्मेदवारी छ । पदाधिकारी वाहेक अन्य ६ जना सदस्यका लागि पनि दुवै प्यालनबाट उम्मेदवार रहेका छन् । लेखा समिति संयोजकका लागि पनि पार्टीगत रुपमा उम्मेदवार रहेका छन् । निर्वाचन समिति संयोजक शैलेन्द्र भण्डारीले शनिवार विहान १० वजेदेखी अपरान्ह ४ वजे सम्म मतदानको समय तोकिएको छ । शनिवारनै मतगणना हुने उनले वताए । मतदानका लागि नेपाल प्रहरीलाई परिचालन गरिदैछ ।