जनसेवामा नेकपा र अर्कोतिर रहेका अरु दलको भिडन्त 

जनसेवामा नेकपा र अर्कोतिर रहेका अरु दलको भिडन्त 

 

फागुन २४ गते ।  राप्ती नगरपालिका ८ खुरखुरेमा रहेको जनसेवा वहुद्धेश्यीय सहकारी संस्थाको नयाँ नेतृत्वका लागि नेकपा र लोकतान्त्रिक समुहबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरुले प्यानलनै वनाएर चुनावमा होमिएका छन् । निर्वाचनमा नेकपा एकातिर छ भने काग्रेश,माले र राप्रपाले लोकतान्त्रिक प्यालन वनाएका छन् ।  ९ जनाको कार्यसमिति चयनमा वहुमत ल्याउने प्यानलले अध्यक्ष,उपाध्यक्ष र जिल्ला प्रतिनिधी चयन गर्ने छ । नेकपाबाट अध्यक्षका दावेदार समेत रहेका हरिशरण डल्लाकोटीसहित ९ जनाको उम्मेदवारी छ । यता लोकतान्त्रिक प्यानलबाट अध्यक्षका दावेदार वर्तमान अध्यक्ष समेत रहेका खेमराज पाठकसहितको उम्मेदवारी परेको छ । पाठक नेकपा निकट भएपनि पार्टी सदस्यता नविकरण नगरेको श्रोतले वताएको छ । उनी जसरी पनि अध्यक्ष हुनका लागि लोकतान्त्रिक प्यालनबाट उम्मेदवारी दिएको वताईन्छ । तीन जनाको लेखा समितिका लागि ६ जनाको उम्मेदवारी परेको निर्वाचन संयोजक शैलेन्द्र भण्डारीले वताए । आगामी ४ वर्षे कार्यकालका लागि चैत १ गते मतदानको मिति तोकिएको निर्वाचन संयोजक भण्डारीले वताए । मतदानमा ३ सय ६० जना मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।