दुई चर्चित हलिउड स्टारको कोरोनाका कारण मृत्यु
काठमाडौं,२५ चैत्र ।
कोरोनाको प्रकोप संसारभरि फैलिएको छ। कोरोना भाइरसका कारण अहिलेसम्म ७२ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । एकै साथ थप दुई हलिउड स्टारहरू पनि कोरोनाको सिकार भएका छन् । हलिउड स्टारहरू अभिनेत्री ली फेरो र अभिनेता जे बेनेडिक्टको मृत्यु भएको छ।
हलिउडका प्रसिद्ध निर्देशक स्टीवन स्पिलबर्गको सुपरहिट फिल्म ुजव्सुमा काम गर्ने ९१ वर्षीया अभिनेत्री ली फिरोको कोरोना भाइरसको कारण मृत्यु भएको छ।
फिल्महरूका अतिरिक्त ली फिरोले २५ वर्षसम्म थ्रिएटरमा निर्देशक तथा सल्लाहकारको रूपमा काम गरेकी थिइन्। चाखलाग्दो कुरा के छ भने, फिरोका ५ बच्चा र ७ नातिनातिना छन्।
अभिनेत्री ली फेयरो बाहेक, हलिउडका दिग्गज कलाकार जे बेनेडिक्टले पनि संसारबाट बिदा लिएका छन्। ६८ वर्षीया जय धेरै फिल्महरुमा आफ्नो दमदार अभिनय देखाएका थिए । जेको सुपरहिट चलचित्रको सूचीमा १९८६ मा रिलीज भएको ुएलियन्सु र २०१२ मा रिलीज फिल्म ‘द डार्क नाइट राइज’ समावेश छ। फिल्म बाहेक, जे टिभीको संसारमा पनि काम गरिसकेका थिए।
दुबै स्टारहरूको निधनमा सोशल मीडियामा फ्यान तथा कलाकारहरुले शोक व्यक्त गरिरहेका छन्।
मंगलबारै बेलायती अभिनेत्री अनर ब्ल्याकम्यानको मृत्यु भएको छ । यद्यपि कोरोना भाइरस ९४ बर्षे ब्ल्याकम्यानको मृत्युको कारण भने होइन । बेलायतको इस्ट ससेक्सस्थित लेविसमा बस्दै आएकी उनको अचानक मृत्यु भएको हो । जेम्स बन्डको फिल्म ‘गोल्डफिंगर’मा उनले गरेको अभिनय धेरैले रुचाएका छन् । उनले यस फिल्ममा पसी ग्यालोरको भूमिका निभाएकी थिइन् ।