दूध ढुवानी गर्ने भन्दै अवैध मदिरा ओसारपसार

दूध ढुवानी गर्ने भन्दै अवैध मदिरा ओसारपसार

मकवानपुर , २५ चैत।
सरकारले देशभर लकडाउन लागु गरेपछि अत्यावश्यक बाहेकका सवारीसाधन संचालनमा रोक लगाइएको छ । लकडाउनको बेला खाद्यान्न ,दुध , तरकारी लगायतको दैनिक उपभोग्य बस्तुको सहज बिक्रीवितरणको लागि त्यस्ता सवारीसाधनलाई कुनै अवरोध गरिएको छैन ।

त्यसैको फाइदा उठाउदै मकवानपुरमा दुध ढुवानी गर्ने सवारीसाधनको दुरुपयोग भएको छ । हेटौडामा दुध ढुवानीको लागि भनिएको अटोमा अवैध घरेलु मदिरा ओसारपोसार भएको फेला परेको हो । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा ना १ ह ५३८९ मा दुग्ध ढुवानी सेवाको लागि भनेर लेखिएको अटोमा १ सय ४० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ ।

अटोमा तिनवटा खाली क्यान सहित ५ वटा जर्कीनमा अवैध घरेलु मदिरा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अटोचालक हेटौंडा उपमहानगरपलिका ५ बस्ने बर्ष ३३ को फेन्जु लामा र अटोलाई नियन्त्रणमा लिएको छ ।