यूएईमा कोरोनाबाट एक नेपाली महिलाको मृत्यु

यूएईमा कोरोनाबाट एक नेपाली महिलाको मृत्यु

काठमाडौं,२५ चैत्र ।

कोरोना संक्रमणबाट संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीको कोरोनाको कारण मृत्यु भएको यूएई स्थित नेपाली दूतावासले जनाएको छ । पराजुलीको शुक्रबार मृत्यु भए पनि सोमबार मात्र कोरोनाका कारण मृत्यु भएको पत्ता लागेको थियो ।

चेक जाँचको क्रममा यूएईको अल रशिद अस्पतालले बिनुको मृत्युको कारण कोरोना भाइरस भएको पुष्टि गरेको दूतावसको भनाई छ । यूएईको स्वास्थ्य मन्त्रालयले हालसम्म ११ जना नेपालीमा कोरोना संक्रमण देखिएको बताएको छ । जसमा २ जना निको भइसकेका छन् ।