जगदम्बा स्टिलका सञ्चालक अग्रवाल ज्वरो नाप्ने यन्त्रको कालोबजारीको आरोपमा पक्राउ

जगदम्बा स्टिलका सञ्चालक अग्रवाल ज्वरो नाप्ने यन्त्रको कालोबजारीको आरोपमा पक्राउ

काठमाडौं,२५ चैत्र ।

महानगरीय प्रहरी अपराध महाशाखाले शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । उनलाई कालोबजारीको आरोपमा पक्राउ गरिएको छ।

पाँच हजार बजार मूल्यको ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैंयामा विक्री गरेको आरोपमा महाशाखाको टोलीले उनलाई आज नक्सालमा पक्राउ गरेको हो।
उनको गाडिबाट ६७ वटा थर्मल गन समेत बरामद भएको महाशाखा स्रोतले जानकारी दियो।

कुटनीतिक नियोगको गाडी २०९ एचसिसि १ नम्बरको गाडीमा थर्मल गन बोकेर महंगोमा बेच्दै हिँडेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।

उनी मेडिकल सामग्री विक्रेता होइनन्। तर केही समयअघि शंकर ग्रुपले चिनबाट उक्त ग्रुपले सामग्री ल्याएको थियो। विभिन्न व्यवसायीको सामान लिन चिन उडेको नेपाल एअरलाइन्सको जहाजमा उक्त कम्पनीले सेटिङ गरेर आफ्नो सामान मात्रै ल्याएको थियो। नेपाल लाइभबाट साभार