कपिलवस्तु अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

कपिलवस्तु,२५ चैत्र ।

कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएका बिरामीको रिपार्ट नेगेटिभ आएको छ ।

कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएका बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन भरको सोमवार साझ ८ बजे मृत्यु भएको थियो । मृतक भर गत शुक्रवार देखि आइसोलेशनमा थिए ।

उनको स्वाब परिक्षणकालागि प्रादेशिक प्रयोगशला भैरहवामा पठाईएको थियो । मंगलवार १ वजे आएको प्रतिबेदनमा रिपार्ट नेगेटिभ देखिएको अस्पतालका मेडिलक सुप्रीटेन्डेन्ड डाक्टर किशोर बन्जाडेले बताए ।