खैरहनीको राहत कोषलाई माक्स र नगद सहयोग

खैरहनीको राहत कोषलाई माक्स र नगद सहयोग

चैत २५ गते । लकडाउन पछिको अवस्थालाई मध्यनजर गर्दै खैरहनी नगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी रहेको छ । मंगलवार खैरहनी १ स्थित परमहंश श्री वृन्दावन स्मृति सेवा प्रतिष्ठान नेपालले नगद र नेपाल चेम्वर अफ कमर्स खैरहनीले माक्स सहयोग गरेको हो । प्रतिष्ठानले नगद ५ हजार रुपैया नगरपालिकालाई हस्तान्तरण गरेको हो । त्यस्तै चेम्वर अफ कमर्सले १ हजार ४५० थान माक्स सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । प्रतिष्ठानका प्रतिनिधी र चेम्वर अफ कमर्सका अध्यक्षसहितका प्रतिनिधी नगरपालिका पुगेर सहयोग प्रदान गरेका थिए । खैरहनी नगरपालिकाले एकद्धार प्रणाली अख्तियार गरेपछि विभिन्न संघसंस्था नगरमै आएर सहयोग प्रदान गरिरहेका छन् ।