विपन्नको तथ्यांक संकलनपछि राप्तीमा राहत वितरण

विपन्नको तथ्यांक संकलनपछि राप्तीमा राहत वितरण

चैत २५ गते । लकडाउनबाट प्रभावित भएकाहरुलाई चितवनको राप्ती नगरपालिकाले राहत वितरण थालेको छ । लकडाउनपछि विहान वेलुका छाक टार्न समस्यामा परेका परिवारहरुको तथ्यांक संकलन गरेर उनीहरु राहत वितरण सुरु गरिएको हो । पहिलो चरणमा राप्ती नगरपालिका वडा नम्वर १,३,६ र ८ मा वितरण सुरु भएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले वताईन् । अन्य वडाबाट पूर्ण तथा एकिन तथ्यांक नआएकाले पहिलो चरणमा ४ वटा वडामा मंगलवार वितरण गरिएको प्रमुख बरालले जानकारी दिईन् । सम्वन्धीत वडाका जनप्रतिनिधी,राजनितिक दलका प्रतिनिधी र टोल विकास संस्थाका प्रतिनिधीको सहकार्यमा त्यस्ता परिवारको तथ्यांक लिईएको थियो । राहत वितरणमा नगर प्रमुख बराल,उपप्रमुख इमानसिंह लामा,नेकपाका राप्ती इन्चार्ज मानवहादुर स्याङ्वो,नेपाली काग्रेश नगर सभापति नारायण उप्रेतीसहित सम्वन्धीत वडाका जनप्रतिनिधी लगायत खटेका छन् । विपन्न र ज्याला मजदुरी गरि जीवन निर्वाह गरिरहेका ४ जना सम्मको परिवारलाई १० किलो चामल,२ किलो दाल,१ पोका नुन,१ लिटर तेल र दुई थान सावुन तथा ५ जना भन्दा माथीको परिवारलाई १५ किलो चामल,२ किलो दाल,एक पोका नुन,एक लिटर तेल र दुई थान सावुन वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगावहादुर भुजेलले वताए । राप्ती वडा नम्वर १ मा ३ सय ३३ ,३ मा ३ सय ३६ ,६ मा २ सय १३ र ८ मा ४ सय ५९ विपन्न परिवार रहेको तथ्यांक सम्वन्धीत वडाबाट आएको छ । नगरपालिकाले राहत संकलन तथा वितरणका लागि समिति वनाएको थियो ।