नगरपालिकालाई संघले दियो साँढे २ लाखको राहत सामान
चैत २५ गते । रत्ननगर उद्योग बाणिज्य संघले रत्ननगर नगरपालिकालाई राहत सामाग्री वुझाएको छ । संघले २ लाख ५० हजार बराबरको राहत सामाग्री स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकालाई दिएको हो । एकद्धार प्रणालीलाई आत्मसाथ गर्दै नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरिएको संघका अध्यक्ष राजाराम रेग्मीले वताए । संघले एक सय बोरा चामल, दुई सय १० किलो दाल, एक सय प्याकेट तेल, दुई सय १० क्रेट अण्डा र एक सय प्याकेट नुन हस्तान्तरण गरेको हो ।
संघका अध्यक्ष रेग्मी,निर्वतमान अध्यक्ष ज्ञानबहादुर विसुराल,उपाध्यक्षहरु रघुनाथ भट्ट,शंकर गिरी,महासचिव निराजन खनाल,कोषाध्यक्ष देवीप्रसाद डल्लाकोटी,कार्यसमिति सदस्य हरि अधिकारी,माधव पौडेलले रत्ननगरका सामाजिक विकास समिति संयोजक केशव आचार्यले राहत सामाग्री हस्तान्तरण गरेका थिए । कुखुरा व्यवसायी मञ्च पूर्वी चितवनले दुई सय १० क्रेट अण्डा उपलब्ध गराएको हो ।