सपना भिलेजद्धारा ६१ परिवारलाई राहत वितरण

सपना भिलेजद्धारा ६१ परिवारलाई राहत वितरण

चैत २५ गते । सौराहामा रहेको सपना भिलेज सोसियल इम्प्याक्टले मंगलवार रत्ननगरमा ६१ घरपरिवाराई राहत वितरण गरेको छ । इम्प्याक्टले रत्ननगर ५ र ८ वडा कार्यालयबाट आएको अनुरोधलाई मनन गर्दै अतिविपन्न ति परिवारलाई राहत वितरण गरेको हो । रत्ननगर नगरपालिका वडा नं ८ मा ज्याला मजदुरी गरेर जीविका गर्दै आएका ३१ घरधुरीलाई राहत प्रदान गरेको हो । वडा कार्यालयले उपलब्ध गराएको विवरणको आधारमा घरघरमै पुगेर राहत हस्तान्तरण गरिएको इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए । इम्प्याक्टमा कार्यरत कर्मचारी,वडाध्यक्ष विनोद बस्नेत र प्रहरीले राहत सामाग्री घरघरमै पु¥याएका थिए । परिवारको संख्याका आधारमा ५ किलो देखि २५ किलो चामल,एक किलो मस्यौरा,एक लिटर तेल,एक किलो नुन,३,३ वटा हात धुने साबुन प्रदान गरेको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले वताए । राहत पाउनेमा मुसहर लगायत अति विपन्न बर्गका समुदाय रहेको वडाध्यक्ष बस्नेतले जानकारी दिए ।

मंगलवारनै रत्ननगर ५ मा पनि सपना भिलेज सोसियल इम्प्याक्टले राहत वितरण गरेको छ । वडा कार्यालयको आग्रहमा वडा नम्वर ५ का ३० घरपरिवारलाई राहत वितरण गरिएको इम्प्याक्टका अध्यक्ष गिरीले वताए । वडाध्यक्ष कृष्ण महतोको उपस्थितीमा राहत वितरण गरिएको थियो ।