मंगलबार थप १ हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि , १६२१ डिस्चार्ज, २३ जनाको मृत्यु

काठमाडौँ,२३ मंसिर ।

मंगलबार  थप १ हजार ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६२१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ६३७ पुगेको छ ।

यस्तै हालसम्म ५२३ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म देशभर १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परिक्षण भएको छ ।