भण्डारा डेरीको चुनावमा ८६ प्रतिशत मत खस्यो

भण्डारा डेरीको चुनावमा ८६ प्रतिशत मत खस्यो

माघ २५ गते । आगामी चार वर्षका लागि भएको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको निर्वाचनमा ८६ प्रतिशत मत खसेको छ । कुल ९ सय मतदाता रहेको सो सहकारीको निर्वाचनमा ७ सय ७९ मत खसेको निर्वाचन अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए । विहान १० वजेदेखी अपराह्न ४ वजे सम्म मतदानको समय तोकिएको थियो । निर्वाचन अधिकृत भण्डारीका अनुसार अहिले ७ वजेदेखी मतगणना सुरु हुनेछ ।
निर्वाचनमा नेकपा निकट र नेपाली काग्रेश निकटका शेयर सदस्यहरुले प्यानलनै वनाएका थिए । नेकपा निकटबाट अध्यक्षमा डिल्ली प्रसाद थपलिया र नेपाली काग्रेश निकटबाट विश्वकान्त रुवालीले प्यानल वनाएर चुनावमा होमिएका हुन् । उनीहरु वाहेक अध्यक्षमा तीर्थराज पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । थपलियाको प्यानलबाट उपाध्यक्षमा राजेन्द्र प्रसाद तिमल्सीना,सचिवमा रामचन्द्र हुमागांई,कोषाध्यक्षमा सुवास सिलवाल र सहसचिवमा प्रकाश सेढाई रहेका छन् भने रुवालीको प्यानलबाट उपाध्यक्षमा डालवहादुर श्रेष्ठ,सचिवमा हरिकुमार दनै,कोषाध्यक्षमा हरिमाया उप्रेती र सहसचिवमा सर्वेश्वर थपलिया छन् । पदाधिकारी वाहेक अन्य ६ जना सदस्य पनि निर्वाचित हुनेछन् । निर्वाचनबाट मिश्रित नजिता आउने आंकलन गरिएको छ ।