कोरोना महामारी: ज्यान गुमाउनेको संख्या ८२ हजार नाघ्यो, अमेरिकामा संक्रमितको संख्या ४ लाख बढी (अपडेट)

कोरोना महामारी: ज्यान गुमाउनेको संख्या ८२ हजार नाघ्यो, अमेरिकामा संक्रमितको संख्या ४ लाख बढी (अपडेट)

काठमाडौं,२६ चैत्र ।

चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ८३ हजार ५८ पुगेको छ । भने कोरोनाभाइरसबाट संक्रमितको संख्या १४ लाख ३१ हजार ५ सय ४० पुगेको छ ।

त्यस्तै विश्वभरमा कोरोनाबाट संक्रमित भएका ३ लाख २ हजार १ सय ४० जना निको भएका छन् । हालसम्म विश्वभरमा कोरोनाका कारण सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । विश्वभरमा कोरोना संक्रमितको संख्या अमेरिकामा धेरै छन भने ज्यान गुमाउनेको संख्या इटालीमा बढी छन् ।

अमेरिकामा हालसम्म् कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार ८ सय ५४ पुगेको छ । भने संक्रमितको संख्या ४ लाख ४ सय १२ पुगेको छ । इटालीमा हालसम्म कोरोनाका कारण १७ हजार १ सय २७ को मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ३५ हजार ५ सय ८६ पुगेको छ । त्यस्तै स्पेनमा पनि कोरोनाका कारण १४ हजार ४५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ४१ हजार ९ सय ४२ पुगेको छ ।