तुलसीपुरमा लकडाउन उल्लंघन गर्दै हिँडेका नक्कली पत्रकार पक्राउ

तुलसीपुरमा लकडाउन उल्लंघन गर्दै हिँडेका नक्कली पत्रकार पक्राउ

तुलसीपुर,२६ चैत्र ।

पत्रकारको परिचय पत्र बोकेर लकडाउनका बेला सडकमा सवारी गुडाउँदै हिँडेका एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा घर भएका २८ वर्षीय मेघराज सुनार छन् ।

सुनारले आफू पत्रकार भन्दै रिपोटर्स क्बल दाङद्वारा जारी गरिएको खिम बहादुर डिसीको नाममा रहेको परिचय पत्र बोकेका थिए ।

प्रहरीले शंकाको आधारमा सोधपुछ गर्दा सुनार नक्कली पत्रकार भएको खुल्न आएको हो ।

उनी बा ८७ प १००६ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पक्राउ परेका सुनारमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।