कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रसाशनको अनुमति

काठमाडौं,२६ चैत्र ।

थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका जगदम्बा स्टिल ९शंकर ग्रुप० का सञ्चालक सुलभ अग्रवाललाई अनुसन्धान गर्न प्रशासनले ७ दिनको म्याद प्रदान गरेको छ ।

उनीमाथि अनुसन्धान गर्न बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सात दिनको म्याद थप गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

‘उनीमाथि अनुसन्धान गर्न प्रशासनले सात दिनको म्याद थप गरेको छ,उनले भने।

मंगलबार महानगरीय अपराध महाशाखाले तीन हजार पर्ने थर्मन गनलाई १५ हजारमा बेचेको भन्दै अग्रवाललाई पक्राउ गरेको थियो।