कांग्रेसद्धारा खैरहनीको राहत कोषलाई ५१ हजार सहयोग

चितवन, २६ चैत्र ।

नेपाली कांग्रेस खैरहनी नगर समितिले राहत कोषमा आर्थिक सहयोग गरेको छ । कोरोना भाईरस नियन्त्रण र त्यस पछि उत्पन्न अवस्थालाई मध्यनजर गर्दै खैरहनी नगरपालिकाले राहत कोष स्थापना गरेको थियो । सोही कोषमा खैरहनी नगर समितिले जनआन्दोलन सफ भएको दिन पारेर बुधवार नगद ५१ हजार रुपैया सहयोग गरेको हो । खैरहनी नगर सभापति शशि कुमार खनियाले खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीलाई नगद रकम हस्तान्तरण गरे ।

रकम हस्तान्तरणका लागि सभापति खनियाँको नेतृत्वमा सचिव हरि प्रसाद सापकोटा,सहसचिव शिला उप्रेती र नगर सदस्य तथा महिला संघ खैरहनी सभापति अमृता भट्टराई नगरपालिका पुगेका थिए । रकम हस्तान्तरण गर्दै काग्रेश नगर सभापति खनियाँले सवै मिलेर विपदको सामना गर्नु पर्ने वताए । राजनितिक मुद्याका विषयमा अरु वेला कुरा गर्न सकिन्छ नगर सभापति खनियाँले भने – सवैको सहयोगले विपदलाई पराजीत गर्नुपर्छ,यो वेला राजनिति भन्दा माथि उठेर लाग्नु पर्छ ।

उनले नगर भित्रका सवै संघसंस्थालाई यथासक्य रकम जम्मा गरेर उदारता प्रस्तुत गर्न आग्रह समेत गरे । रकम ग्रहण गर्दै नगर प्रमुख लालमणी चौधरीले विपदको वेला प्रतिपक्ष नभनि भावना जोडेर रकम सहयोग गरेकोमा नेपाली काग्रेशलाई धन्यवाद दिए । प्रमुख चौधरीले प्राप्त सहयोगलाई संभावित जोखिम नियन्त्रण तथा विपन्न वर्गको राहतमा खर्च गरिने प्रतिवद्धता जनाए ।