कञ्चनपुरको गहुँबारीमा भेटियो महिलाको शव

कञ्चनपुरको गहुँबारीमा भेटियो महिलाको शव

महेन्द्रनगर, २६ चैत ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित गुँबारीमा आज (बुधबार) एक महिलाको शव फेला परेको छ ।

भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय ३६ वर्षीय कमला विष्ट गहुँबारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले जानकारी दिएका छन् ।
उनको मृत्युको कारण खुल्न सकेको छैन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि अहिले महाकाली अस्पताल ल्याइएको छ । उनको श्रीमान कामको सिलसिलामा भारतको पन्जावमा रहेको पाइएको प्रहरीले जनाएको छ । मृतक विष्टका एक छोरा र एक छोरी छन् ।