देशभर १० प्रयोगशालाबाट कोरोना परीक्षण गरिँदै, अहिलेसम्म दुई हजार ३६६ को परीक्षण

देशभर १० प्रयोगशालाबाट कोरोना परीक्षण गरिँदै, अहिलेसम्म दुई हजार ३६६ को परीक्षण

काठमाडौं,२६ चैत्र ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा मङ्गलबारसम्म देशभर दुई हजार ३६६ जनाको स्वाब नमुना परीक्षण गरिएको छ।

मङ्गलबारसम्ममा दुई हजार एक सय २२ जनाको कोरोना परीक्षण गरिएकोमा ९ जनामा मात्रै कोरोना पुुष्टि भएको सरकारले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अरु आठ जनाको विभिन्न अस्पतालमा आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा उपचार भइरहेको छ ।

सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक हजार सात सय ९६ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै सबैभन्दा थोरै जनकपुर प्रादेशिक अस्पतालमा १५ जनाको मात्र परीक्षण गरिएको छ ।

अहिले देशैभरि एक सय जनाको कोरोनाको आशङ्कामा आइसोलेशनमा उपचार भइरहेको छ ।