आइतबारदेखि पुन: भरी सिलिन्डर ग्यास पाइने
प्रकाशित मिति: बुधबार, चैत्र २६, २०७६ | १७:४०:०७
काठमाडौं,२६ चैत्र ।
आइतवारदेखि पुन भरी सिलिन्डर ग्यास पाइने भएको छ ।
नेपाल आयल निगमले आइतबारदेखि भरि सिलिन्डर ग्यास वितरण गर्न निर्देशन दिएको हो । निगम सञ्चालक समितिको बुधवारको बैठकले पूरै तौलको सिलिन्डर विक्री गर्ने निर्णय गरेको हो ।
निगमले सबै ग्यास उद्योगीहरुलाई विहीवारदेखि नै भरि ग्यास सिलिन्डर भर्न निर्देशन दिएको छ ।
कोरोना भाइरस महामारी र लकडाउनका कारण खाना पकाउने ग्यासका अभाव देखिएपछि निगमले आधा सिलिन्डर ग्यास विक्री वितरण गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : बुधबार, चैत्र २६, २०७६ |
१७:४०:०७
1849