रामेछापमा ३ दिनदेखि ज्वरो आएर उपचाररत एकको मृत्यु

रामेछापमा ३ दिनदेखि ज्वरो आएर उपचाररत एकको मृत्यु

रामेछाप, २६ चैत ।

रामेछापमा ज्वरो आएर उपचार गराईरहेका एक जनाको मृत्यु भएको छ । ३ दिनदेखि ज्वरो आएर तामाकोशी सहकारी अस्पतालमा उपचारको लागि अस्पताल भर्ना भएका गेलु निवासी एक वृद्धको मृत्यु भएको हो ।

६७ वर्षका ती वृद्धमा श्वासप्रश्वासको समस्या र रक्सी सेवन गर्ने गरेको पाइएको अस्पतालका अनमी माया बुढाथोकीले बताईन् । मृतक वृद्धको स्वाब परिक्षणका लागि आजै धुलिखेल पठाईएको छ । मृतकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि रिपोर्ट आएपछि मात्र उनमा कोरोना भए नभएको पुष्टि हुने अस्पताल स्रोतले जनाएको छ ।

अनमी बुढाथाकीका अनुसार परिवार संगको छलफल पछि मृतकको शव गाडिएको । साथै उपचारमा संलग्न चिकित्सकहरुलाई क्वारेन्टाईनमा राखिएको छ ।