देखिनथाले लामो पुलमा आन्तरिक पर्यटक

देखिनथाले लामो पुलमा आन्तरिक पर्यटक

बलेवा, २३ असोज

कोरना भाइरसका कारण बन्दाबन्दी गरिएको समयमा निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल हेर्न आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । संसारकै लामो भनिएको सो पुल निषेधाज्ञा हटेकाले आन्तरिक पर्यटक देखिन थालेका हुन् ।

बन्दाबन्दीको समयमा सर्वसाधारणलाई सो पुलमा प्रबेश गर्न रोक लगाइएको थियो । बागलुङ नगरपालिकाको पहलमा निर्माण कम्पनीले हालै पुल सर्वसाधारणका लागि खुल्ला गरेपछि घुम्न आउनेहरु बढेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । “‘मर्निङ वाक’मा पुग्नेहरु र ‘इभिङ् वाक’ गर्नेहरु पुल घुम्न पुग्ने गरेका छन्’ उहाँले भन्नुभयो “कोरोनाको त्रास हुँदा पनि देखिएको चहपल सुखद छ ।” दशैं र तिहारजस्ता पर्व नजिकीएको र मौसममा समेत सुधार आएपछि बागलुङ र पर्वतका गाउँ गाउँबाट पुल हेर्न आउनेहरु बढेको पर्यटन पत्रकार समूहका जिल्लाअध्यक्ष बिजय रानाले बताउनुभयो ।

असोज १देखि सार्वजनिक यातायात पनि खुल्ला भएपछि यो पुलमा थप चहल पहल बढेको उहाँको भनाइ थियो । उक्त नगरपालिकाको रामरेखादेखि छिमेकी पर्वत जिल्लाको पाङ जोड्ने यो पुल ५६७ मिटर लामो छ । यो सिङ्गल स्पानको पुल कालिगण्डकी नदीदेखि १६५ मिटर उचाइमा छ । सिङ्गल स्पान संसारकै लामो भएको जिकिरसहित यसलाई गिनिज बुकमा लेखाउने प्रकृयासमेत नगरपालिकाले थालेको छ । सो पुलबाट हेर्न सकिने पकृतिक दृष्यले पर्यटकलाई लोभ्याउँछ ।

प्रसिद्ध कालिका भगवतीको मन्दिर क्षेत्र, कालिगण्डकीको बहाव र दर्जनौ हिमऋङ्खला देखिने भएकाले यहाँ पर्यटक लोभिएको पर्यटन बिकास समितिका जिल्लाअध्यक्ष राजु खड्काले बताउनुभयो । पुलमा पर्यटक देखिन थालेसँगै बागलुङ कालिका मन्दिरमा समेत चहलपहल देखिन थालेको उहाँको भनाइ थियो।