
काठमाडौं, २४ मंसिर ।
बुधवार नेपालमा १ हजार ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा दिइएको जानकारी अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।
बुधवार १४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ४८३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यस्तै हालसम्म ५२५ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पिसिआर परीक्षण भएको छ।