रत्ननगर उवासंघको अधिबेशन ः बस्तुगत उपाध्यक्षमा भट्ट निर्बिरोध

चितवन, मंसिर २४ गते । चितवन स्थित रत्ननगर उद्योग बाणिज्य संघको अधिबेशनमा बस्तुगत उपाध्यक्ष निर्बिरोध भएको छ । अधिबेशनको निर्वाचन तालिका अनुसार आज बुधबार भएको उम्मेदवारी दर्तामा सो पदमा एक जनाको मात्र उम्मेदवारी परेको हो । बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट निर्बिरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
अन्य पदमा भने मतदान हुने भएको छ । अधिबेशनमा नेकपा निकट र नेपाली काङ्ग्रेस निकटका ब्यवसायिहरुले प्यानलनै बनाएर चुनाबमा होमिएका छन् । बस्तुगत उपाध्यक्षमा निर्बिरोध भएका भट्ट नेपाली काङ्ग्रेस निकटका हुन । बस्तुगत सदस्यहरु काङ्ग्रेस निकट धेरै भएकाले नेकपाले बस्तुगत उपाध्यक्षमा उम्मेदवारी नदिएको बुझिएको छ । संघको वरिष्ठ उपाध्यक्ष नेकपा निकट ब्यवसायिको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शंकर गिरि र काङ्ग्रेस निकट ब्यवसायिको प्यानलबाट देवेन्द्र कुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।

बाणिज्य उपाध्यक्षमा नेकपाबाटै दुई जनाको मनोनयन दर्ता

नेकपाबाट बाणिज्य उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । जसमा नेकपा निकटका भिमनारायण श्रेष्ठ र देवि प्रसाद डल्लाकोटीको उम्मेदवारी परेको हो । यसअघि बाणिज्य उपाध्यक्षमा श्रेष्ठ र उद्योग उपाध्यक्षमा डल्लाकोटिले उम्मेदवारी दिने सहमती भएको थियो । तर उम्मेदवारीको अन्तिम समयमा डल्लाकोटिले बाणिज्य उपाध्यक्षमा उम्मेदवारी दिएपछि नेकपा भित्र तरंग उत्पन्न भएको छ । बिहीबार सम्म एक जनाले उम्मेदवारी फिर्ता लिने पनि बुझिएको छ ।
काङ्ग्रेस निकटबाट भने सो पदका लागि कबिन घिमिरेले उम्मेदवारी दिएका छन् । उद्योग उपाध्यक्षमा नेकपाबाट पुरु खनाल र काङ्ग्रेस निकटबाट निरन्जन थापाले उम्मेदवारी दिएका छन । एसोसिएट उपाध्यक्षमा पनि दुबै प्यानलबाट उम्मेदवारी परेको छ । जसमा नेकपा निकटबाट राममणी थपलिया र काङ्ग्रेस सहितको प्यानलबाट हरि प्रसाद अधिकारीले नाम दर्ता गराएका छन ।

महासचिवमा नेकपा निकटबाट निराजन खनाल र काङ्ग्रेस निकटबाट माधव पौडेल तथा कोषाध्यक्षमा नेकपा निकटबाट उपेन्द्र शर्मा आचार्य र काङ्ग्रेस सहितको प्यानलबाट मिना उप्रेतीले उम्मेदवारी दिएका छन् । बाणिज्य तर्फ सदस्यमा ८ जनाको लागि १६ जनाले ,उद्योग तर्फ सदस्यमा ६ जनाका लागि १२ जनाले ,एसोसिएट सदस्यमा ३ जनाले र बस्तुगत सदस्यमा २ जनाले उम्मेदवारी दिएका छन् । अधिबेशनको निर्वाचन तालिका अनुसार भोलि बिहिवार उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।