भण्डारा डेरीको अध्यक्षमा थपलिया निर्वाचित,पदाधिकारीको अन्य पद हार्दा नेकपामा तरंग

भण्डारा डेरीको अध्यक्षमा थपलिया निर्वाचित,पदाधिकारीको अन्य पद हार्दा नेकपामा तरंग

माघ २६ गते । राप्ती नगरपालिका ५ स्थित भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा डिल्ली प्रसाद थपलिया अत्याधिक मतका साथ निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिवार भएको मतगणनाको आईतवार विहान सम्पन्न मतपरिणाम अनुसार थपलियाले प्रमुख प्रतिद्धन्द्धी विश्वकान्त रुवालीलाई २१५ मतान्तरले पराजीत गरे । कुल खसेको ७ सय ७९ मत मध्ये थपलियाले ४ सय ५३ मत तथा रुवालीले २३८ मत प्राप्त गरे । अध्यक्षकै लागि अर्का प्रत्यासीहरु थलराज पाठकले १० मत र तीर्थराज पाण्डेले ८ मत पाए । पाठकले चुनाव चिन्ह पाईसकेपछि थपलियालाई समर्थन गरेका थिए । राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समिति संयोजक रहेका थपलिया अघिल्लो कार्यकालमा पनि मतदानबाटै निर्वाचित भएका थिए । नेकपा निकट थपलिया र नेपाली काग्रेश रुवालीले प्यालननै वनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचनबाट उपाध्यक्ष,सचिव र कोषाध्यक्ष भने नेपाली काग्रेश निकट शेयर सदस्यहरुले जितेका छन् । सचिवमा आश गरेको नेकपाले त्यसमा पनि हार व्यहोर्नु परेपछि राप्ती नेकपा भित्र तरंग उत्पन्न भएको छ । उपाध्यक्षमा डालवहादुर श्रेष्ठ ३९४ मतका साथ विजयी भएका छन् । उनका प्रत्यासी राजेन्द्र प्रसाद तिमल्सीनाले २७७ मत प्राप्त गरे । सचिवमा नेकपाका रामचन्द्र हुमागांई नेकपा काग्रेशका हरिकुमार दनै संग मात्र ५ मतले पराजीत भए । हुमागांईले ३३३ मत तथा दनैले ३३८ मत पाए । कोषाध्यक्षमा विजयी हरिमाया उप्रेतीले ३५० मत तथा प्रत्यासी सुवास सिलवालले २८२ मत तथा सहसचिवमा नेकपा निकटका प्रकाश सेढाईले ४१४ मत तथा काग्रेश निकटका सर्वेश्वर थपलियाले २२३ मत प्राप्त गरे । कार्यसमिति सदस्यहरुमा नेकपा निकटका सवै जना निर्वाचित भए । सदस्यहरुमा कृष्णकला खरेल,गोविन्द श्रेष्ठ,गंगामाया रुम्वा,दुर्गामणी सेढाई,विनोद कुमार श्रेष्ठ र लक्ष्मण श्रेष्ठ निर्वाचित भए । लेखा समिति संयोजकमा पनि नेकपा निकटका लक्ष्मण प्रसाद वर्तौैलाले काग्रेश निकका चेतनाथ पाण्डेलाई पराजीत गरे । वर्तौलाले ४९४ मत तथा पाण्डेले ११९ मत पाए । निर्वाचन समिति संयोजकमा पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारी ,सदस्यहरुमा पूर्ण वहादुर थापा र खिलकान्त रुवाली रहेका थिए ।