कोरोना कहरः सार्सको रेकर्ड तोड्यो, भाइरसका कारण ८०५ जनाको मृत्यु

कोरोना कहरः सार्सको रेकर्ड तोड्यो, भाइरसका कारण ८०५ जनाको मृत्यु

काठमाडौँ, २६ माघ ।

चीनमा मात्रै कोरोना भाइरसका कारण ८०५ जनाको मृत्यु भएको छ । सन् २००३ मा सार्सको ७७४ जनाको मृत्यु भएको थियो । समस्या थप जटिल बन्दै गएको अधिकारीहरुले जनाएका छन् । एक जापानिज र अमेरिकनको समेत कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

संक्रमितहरुको संख्या दिनहुँ हजारौँको संख्याले बढेसँगै यसले थप जटिलता उत्पन्न गराएको अधिकारीहरुले जनाएका छन् ।

झण्डै ३० देशभन्दा बढीमा कोरोना भाइरसका संक्रमितहरु फेला परेका छन् ।

उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएपनि भाइरस नियन्त्रणका लागि प्रभावकारी नभएको अधिकारीहरुले बताएका छन् ।