कोरोना भाइरसको खोप बनाउने प्रयास जारी, मृत्यु हुनेको संख्या ८०० नाघ्यो

कोरोना भाइरसको खोप बनाउने प्रयास जारी, मृत्यु हुनेको संख्या ८०० नाघ्यो

सिंगापुर,२६ माघ ।

संयुक्त राज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिक चीनको कोरोना भाइरससँग लड्न करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन्।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ र चीनको मुख्य भूमिमै ८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। भाइरसबाट ३७,००० भन्दा बढी मानिस सङ्क्रमित छन्। दुई दर्जनभन्दा बढी देशमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।

कुनै पनि खोप बनाउन सामान्यतः वर्षौं लाग्छ र पशुहरूमा परीक्षणको लामो प्रक्रियाका साथै मानवमा परीक्षण र नियामक स्वीकृति आवश्यक हुन्छ।

तर विशेषज्ञ टोलीहरू द्रुत प्रक्रियाबाट खोप निर्माण गर्ने दौडमा जुटेका छन्, जसलाई अन्तर्राष्ट्रिय वैज्ञानिकको समर्थन प्राप्त हुने विश्वास छ। अष्ट्रेलियाली वैज्ञानिकहरू ६ महिनाभित्रमा कोरोना भाइरसको खोप तयार गर्ने आशामा छन्।

‘अहिले साँच्चिकै दवाबको स्थिति छ, र हाम्रो काँधमा ठूलो जिम्मेवारी छ,’ अस्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयका एक वरिष्ठ अनुसन्धानकर्ता किथ च्यापेल बताउँछन्।

उनले विश्वका धेरै टोली एउटै अभियानमा जुटिसकेकोमा खुसी व्यक्त गरेका छन्। ‘आशा छ, यीमध्ये कुनै न कुनै एक सफल हुनेछ र यो प्रकोप साम्य हुनेछ,’ उनी भन्छन्।

तर छ महिनाको समयावधि पनि कोरोनाको सङ्क्रमणका दृष्टिकोणबाट कष्टदायी र ढिलो देखिन्छ। जङ्गली जनावरहरू बेचबिखन गर्ने बजारबाट फैलिएको आशङ्का गरिएको कोरोना भाइरसका कारण चीनको मुख्य भूमिमा दैनिकजसो १०० जनाको ज्यान गइरहेको छ।

पश्चिम अफ्रिकामा करिब ११ हजारको ज्यान लिएको इबोला प्रकोप नियन्त्रणका लागि खोप निर्माण गर्न आर्थिक सहयोग जुटाउन सन् २०१७ मा गठन भएको ‘कोएलिसन फर इपिडेमिक प्रिपेर्डनेस इनोभेसन्स्’ ९सेपी० पनि यसपटक कोरोना भाइरसको खोप निर्माणमा सक्रियतापूर्वक जुटेको छ। निकै महँगो बायोटेक्नोलजी अनुसन्धानका लागि यस संस्थाले वित्तीय सहायता जुटाउँछ।

खोपको विकासको गति बढाउने लक्ष्यसहित सेपीले विश्वभरि चारवटा परियोजनामा करोडौं अमेरिकी डलर लगानी गरिसकेको छ र थप प्रस्तावका लागि आह्वान गरिरहेको छ।

यी परियोजनाबाट नयाँ प्रविधि प्रयोग गरी निर्माण गरिने खोप निकट भविष्यमा परीक्षण गर्न सकिने विश्वास लिइएको छ। सेपीका प्रमुख कार्यकारी अधिकृत रिचर्ड ह्यासेटले १६ हप्ताभित्रै खोपको क्लिनिकल परीक्षण सुरु गर्ने लक्ष्य राखिएको बताउँछन्।

जर्मन बायोफर्मास्युटिकल कम्पनी क्युरभ्याक र अमेरिकी मोडर्ना थेराप्यूटिक्सले ‘मेसेन्जर(आरएनए’ ९प्रोटिन उत्पादनमा शरीरलाई निर्देशन दिने औषधि०मा आधारित खोप विकास गर्दै छन्। अर्को अमेरिकी कम्पनी इनोभियोले डीएनए(आधारित प्रविधि प्रयोग गरिरहेको छ।

सिंगापुरस्थित ड्युक(एनयुएस मेडिकल स्कुलका सङ्क्रामक रोगसम्बन्धी कार्यक्रमका उपनिर्देशक ओई इङले डीएनए र आरएनए(आधारित भ्याक्सिनले भाइरसको आनुवांशिक पक्षलाई ध्यानमा राखेर त्यसलाई नियन्त्रणमा ल्याउने बताएका छन्।

प्रोटिनयुक्त खोपले शरीरको प्रतिरोधक प्रणालीलाई मजबुत बनाउने र त्यसले कोरोना भाइरसलाई पत्ता लगाउन र त्यसविरुद्ध लड्न सक्षम हुन्छ।

अष्ट्रेलियाका अनुसन्धानकर्ताहरूले विश्वविद्यालयका वैज्ञानिकले आविष्कार गरेको ‘मोलिकुलर क्लाम्प’ प्रविधि प्रयोग गरिरहेका छन्। यस प्रविधिबाट डीएनए विधि अनुसरण गरी खोप निर्माण गरिन्छ।

पाश्चर इन्स्टिच्यूटका फ्रान्सेली वैज्ञानिकहरूले कोरोना भाइरसविरुद्ध काम गर्न दादुरा खोपलाई परिमार्जन गर्दै छन्, तर यो २० महिनायता तयार हुने आशा गर्न सकिन्न।

यसैबीच, चीनको सरकारी समाचार संस्था सिन्ह्वाअनुसार चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले पनि खोप विकास गर्न थालेको छ।