इटहरी खानेपानी समितिका अध्यक्ष चौलागाईंलाई घर खाली गर्न पत्राचार

इटहरी खानेपानी समितिका अध्यक्ष चौलागाईंलाई घर खाली गर्न पत्राचार

इटहरी ,२६ माघ ।

इटहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तथा नेकपाका नेता रामप्रसाद चौलागाईंलाई ७ दिनभित्र घर खाली गर्न नगरपालिकाले पत्राचार गरेको छ।

सरकारी जग्गा अतिक्रमण गरि घर बनाएको भन्दै इटहरी उपमहानगरपालिकाले ७ दिने अल्टिमेटमसहित नगरपालिकाले चौलागाईंलाई पत्र काटेको छ। नगरपालिकाले पठाएको पत्र बुझ्न अध्यक्ष चौलागाईंले अस्वीकार गरेपछि नगरप्रहरीले उनको घरमा पत्र टाँस गरेर फर्किएको छ।

खानेपानी अध्यक्ष भएर ऐलानी जग्गा हडपेको पत्रमा उल्लेख गरिएको छ। पत्रमा ७ दिन भित्र ऐलानी जग्गा खाली नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिइएको छ। यसअघि इटहरीका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक कार्यक्रममै चौलागाईंलाई भ्रष्टाचारी भन्दै कुटपिट समेत गरेका थिए।