रंगशालालाई खैरहनी नगरवासीबाट १५ लाख सहयोग

रंगशालालाई खैरहनी नगरवासीबाट १५ लाख सहयोग

माघ २६ गते । चितवनको रामपुरमा निर्माणाधिन गौतम वुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि जिल्लाको खैरहनी नगरवासीहरुले १५ लाख ५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका छन् । गौतम वुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग समिति खैरहनीको नेतृत्वमा जनप्रतिनधीहरु,राजनितिक दलका प्रतिनिधीहरु,सामाजिक व्यक्तित्वहरु,विभिन्न संघसंस्थाहरु लगायतको सक्रियतामा रकम नगरवासीहरुबाट संकलन भएको थियो । संकलित १५ लाख मध्ये खैरहनी नगर भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरु तथा कर्मचारीहरुबाट २ लाख ३१ हजार ५ सय रुपैया ,खैरहनी नगरपालिकाका कर्मचारीहरुबाट १ लाख ५२ हजार ८ सय ५५ रुपैया र प्याव्सन खैरहनीबाट १ लाख २१ हजार रुपैया तथा अन्य रकम वडागत रुपमा संकलन भएको खैरहनी नगरपालिका मेयर लालमणी चौधरीले वताए । टोल विकास संस्था मार्फत सवैको घरमा पुग्न सकिने र सवैको अपनत्व गराउन नगरवासीहरुसंग चन्दा स्वरुप रकम संकलन गरिएको उनको भनाई छ । मेयर चौधरीको संयोजकत्वमा सर्वपक्षिय,सर्वदलिय रुपमा प्रतिनिधित्व रहने गरि समिति वनाईएको थियो । नगर भित्रका वडाहरुले टोल विकास संस्था मार्फत घरघरमै पुगेर आर्थिक संकलन गरेका थिए । सवैभन्दा धेरै खैरहनी वडा नम्वर १० बाट १ लाख ९६ हजार ९२७ रुपैया संकलन भएको थियो । संकलित रकम धान्याचल महोत्सवको अवसर पारेर आईतवार हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरणका लागि खैरहनी नगर उपमेयर सुनिता थपलिया, नेकपा नगर अध्यक्ष लक्ष्मी ढकाल,नेपाली काग्रेश नगर सभापति शशि खनिया,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्याल,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभिन्न संघसंस्थाका प्रतिनिधीहरु महायज्ञस्थल पुगेका थिए ।