राप्ती २ को आफ्नै भवन निर्माण गरिदै

माघ २६ गते । राप्ती नगरपालिका वडा नम्वर २ को निर्माण गर्न लागिएको कार्यालय भवनको शिलान्यास गरिएको छ । आईतवार एक कार्यक्रमका बीच राप्ती नगरपालिका प्रुमख प्रभा बरालको प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको हो । नगर प्रमुख वराल,उपप्रमुख इमानसिंह लामा,राप्ती २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले सयुक्त रुपमा शिलान्यास गरे । नगरपालिकाबाट विनियोजन गरिएको ५० लाख रुपैयाले कार्यालय भवन निर्माण गर्न लागिएको वडाध्यक्ष उप्रेतीले वताए ।

उनका अनुसार संरक्षित सरकारी जग्गामा आठ कोठाको भवन निर्माण हुनेछ । नयाँ वन्ने भवनको शिलान्यास गर्दै राप्ती नगर प्रमुख प्रभा बरालले वडा कार्यालयको भवन निर्माणपछि सहज र सरल रुपमा सेवा प्रवाहमा हुने वताईन् । आफ्नै भवन नहुँदा वडा कार्यालय भाडामा वस्दै आएको छ ।  शिलान्यास कार्यक्रममा राप्ती १ का वडाध्यक्ष सिद्धीलाल स्यानतान,वडा नम्वर ३ का वडाध्यक्ष राजकुमार उप्रेती लगायत स्थानीय वुद्धिजिवी,समाजसेवी,स्थानीयवासीको उपस्थिती रहेको थियो ।