कोरोना परीक्षण नि:शुल्क गर्न भारतीय सर्वोच्च अदालतले दियो आदेश
प्रकाशित मिति: बिहिबार, चैत्र २७, २०७६ | १३:५४:२५
नयाँ दिल्ली,२७ चैत ।
भारतीय सर्वोच्च अदालतले कोरोना भाइरसको परीक्षण नि:शुल्क गर्न सरकारको नाममा आदेश गरेको छ। सर्वोच्च अदालतले सरकारी र निजी ल्याबहरुलाई निःशुल्क कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन केन्द्र सरकारका नाममा आदेश गरेको हो।
कोरोना परीक्षण गरे बापत निजी ल्याबमा हुने खर्च सरकारले बेहोर्ने गरी हाललाई निःशुल्क गराउन सर्वोच्चको आदेशमा भनिएको छ। कोरोना परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा भएको हुनुपर्ने आदेशमा उल्लेख छ। ‘सरकारले यस्तो संरचना तयार गर्न जरुरी छ, जसले गर्दा निजी ल्याबहरुले कोरोना परीक्षण अस्वीकार गर्न नसकनु,’ सर्वोच्चको आदेशमा भनिएको छ।
प्रकाशित मिति : बिहिबार, चैत्र २७, २०७६ |
१३:५४:२५
1959