भोजपुरमा चार थान भरुवा बन्दुकसहित एकजना पक्राउ

भोजपुरमा चार थान भरुवा बन्दुकसहित एकजना पक्राउ

भोजपुर,२७ चैत्र ।

भोजपुरमा चार थान भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आमचोक गाउँपालिका ३ का २२ वर्षीय साजाङ राई छन् ।

जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागि सोही ठाउँ बस्ने १४ वर्षीय निश्चल राई घाइते भई धरान घोपामा उपचार गर्न आएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो ।

निश्चलको साथबाट एक थान बन्दुक बरामद भएपछि खोजी गर्ने क्रममा साजाङको साथबाट थप ३ बन्दुक फेला परेको हो ।