दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ,२७ चैत

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा तुलसीपुर उपमहानगरपालिका–१८ विजौरी निवासी ३७ वर्षीय बलबहादुर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

करेन्ट लागेर घाइते भएका थापाको उपचारको क्रममा तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक चक्रडम्वर पालले जानकारी दिएका छन्। उनले नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा थापाको मृत्यु भएको जानकारीमा आएको र त्यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।