खैरहनीको राहत कोषमा एकै दिन साँढे २ लाख सहयोग

खैरहनीको राहत कोषमा एकै दिन साँढे २ लाख सहयोग

चितवन,२७ चैत ।

लकडाउनको समय अझ लम्विने संकेत मिलिरहेका वेला खैरहनी नगरपालिकाले स्थापना गरेको विपद राहत कोषमा सहयोग वढ्दे क्रम तीव्र वनेको छ । नगरपालिकाले कोरोना भाईरसको सक्रमण नियन्त्रण तथा त्यसपछि सृजित अवस्थालाई मध्यनजर गर्दै विपद राहत कोष वनाएको थियो । सोही कोषमा विहीवार एकै दिन २ लाख ५० हजार भन्दा वढि रकम सहयोग भएको छ ।

उद्योग बाणिज्य संघ खैरहनी,सयपत्री वहुदेश्यीय सहकारी संस्था र मेनका इन्जिनियरिङले आर्थिक सहयोग गरेका हुन् । उद्योग बाणिज्य संघ खैरहनीले १ लाख ५१ हजारसहित ५ सय थान माक्स सहयोग गरेको हो । त्यस्तै सयपत्री वहुउदेश्यीय सहकारीले ५१ हजार १५१ रुपैया तथा मेनका इन्जिनियरिङले ५० हजार रुपैया सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए । तीन वटै संस्थाले नगर प्रमुख लालमणि चौधरीलाई छुट्टा छुट्टै चेक हस्तान्तरण गरेका थिए ।

उपप्रमुख सुनिता थपलियासहित वडाध्यक्षहरुको सहभागीतामा संघका पदाधिकारी र सदस्यहरुसहित टोलीको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद सापकोटा, सयपत्री सहकारीको तर्फबाट अध्यक्ष रामशरण पाण्डे र कोषाध्यक्ष अशोक रैला तथा मनेका इन्जिनियरिङका तर्फबाट संचालक वुद्धि पाठकका छोरा हरिशरण पाठकले नगर प्रमुख चौधरीलाई चेक हस्तान्तरण गरे । विपदका वेला आम नेपाली एकजुट हुन्छन भन्ने सन्देश यस्ता सहयोगबाट पुष्टी हुदै आएको नगर प्रमुख चौधरीले वताए । कोषमा विभिन्न व्यक्ती तथा संघसंस्थाले गरेको सहयोग रकम विपन्नलाई राहत वितरणका साथै संभावित भाईरस नियन्त्रणको काममा खर्चिने प्रमुख चौधरीले वताए ।

लकडाउन पछि खैरहनी नगरपालिकाले एक चरण राहत वितरण गरिसकेको छ । नगर भित्र ज्याला मजदुरी गर्ने तथा विपन्न ३ हजार ६५९ घरधुरीलाई राहत स्वरुप चामल,दाल,नुन र तेल परिवार संख्याका आधारमा वितरण गरिएको नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले वताए । वैशाख ३ गते पछि पनि लकडाउनको समय थप भए पुन राहत वितरण गर्नु पर्ने अवस्था आएमा नगरपालिका तयारी अवस्थामा रहेको प्रवक्ता पाण्डेले वताए ।