अस्ट्रेलियामा नेपाली बिद्यार्थीहरुलाई नेपाल हेल्पलाईनद्वारा ५० डलरको गिफ्ट भौचर

अस्ट्रेलियामा नेपाली बिद्यार्थीहरुलाई नेपाल हेल्पलाईनद्वारा ५० डलरको गिफ्ट भौचर

एजेन्सी,२७ चैत्र ।

अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरुलाई अस्ट्रेलियामा नेपाल हेल्प लाईनद्वारा ५० डलरको गिफ्ट भौचर दिने भएको छ। वर्तमान बिश्वब्यापी हेल्थ क्राइसिसले अस्ट्रेलियामा रहेको ब्यापार ब्यबसाय ठप्प रहेकोले अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरुले रोजगारी गुमाउनु परेको छ। यस्तो अबस्थामा बिद्यार्थीको आर्थिक अबस्थालाइ मध्यनजर गरी यो कार्यक्रम लिएर आएको नेपाल हेल्प लाईनले जनाएको छ। उक्त भौचर क्लेम गर्नुको लागि बिद्यार्थीले भिजा कपि, साथै २ हप्ताको बैंक ट्रांजेक्शन संलग्न गरी उल्लेखित ईमेलमा अनुरोध गर्नु सकिने छ।

अन्य श्रोत बाट सहयोग लिनु भएको भए इमान्दार हुन आग्रह गर्दै, सहयोग गर्नु इच्छुकले तलको लिन्कमा क्लिक गरी आर्थिक सहयोग गर्न सकिने जानकारी दिएको छ।