कोभिड १९ अपडेट :विश्वभर मृतकको संख्या ८९ हजार नाघ्यो, १५ लाख बढि संक्रमित

कोभिड १९ अपडेट :विश्वभर मृतकको संख्या ८९ हजार नाघ्यो, १५ लाख बढि संक्रमित

 काठमान्डौँ,२७ चैत ।

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट यो समाचार तयार पार्न समयसम्म विश्वका विभिन्न देशमा गरी ८९ हजार ४१७ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि करिब साढे १५ लाख २९ हजार ५२८ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा ३ लाख ३७  हजार १६४ जना उपचारपछि घर फर्किएका छन् ।

हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा १७ हजार ६६९ जनाको मृत्यु भइसकेको भने १ लाख ३९ हजार भन्दा बढी सङक्रमित छन् । स्पेनमा १५ हजार २३८ जनाको मृत्यु भएको छ भने १ लाख ५२ हजार भन्दा बढीसङक्रमित रहेका छन् ।

कोरोनाभाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा १४ हजार ७९७ जनाको मृत्यु भएको छ भने ४ लाख ३५ हजार भन्दा बढी सङक्रमित छन् ।

कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३३५ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ८६५ जनामध्ये ७७ हजार ३७० व्यक्ति निको भएर घर फर्किएका छन् ।

जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण २ हजार ३४९ जना, फ्रान्समा १० हजार ८६९ जना, बेलायतमा ७ हजार ९७ जना मृत्यु भइसकेको छ ।