अहिलेसम्म २८ सय ९५ नमुना परिक्षण, नयाँ संक्रमित देखिएनन् – स्वास्थ्य मन्त्रालय

अहिलेसम्म २८ सय ९५ नमुना परिक्षण, नयाँ संक्रमित देखिएनन्  – स्वास्थ्य मन्त्रालय

काठमाडौं ,२७ चैत

गत शनिबारपछि नेपालमा कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित फेला परेका छैनन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा नयाँ संक्रमित नभेटिएको जानकारी दिइएको हो।

गत शनिबार कैलाली र कञ्चनपुरका दुई पुरुष र १ महिलामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको थियो। त्यसयता नयाँ संक्रमित नभेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ मै सीमित रहेको हो। जसमध्ये १ जना उपचारपछि घर फर्किसकेका छन् भने दुई बागलुङका दुई जनाको धौलागिरी अस्पताल सुदूरपश्चिमका ४ जनाको सेती प्रदेशिक अस्पताल र अन्य दुई जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बिहीबार दिउँसोसम्म जम्मा २ हजार ८९५ को स्वाबको नमूना परीक्षण गरिएको जानकारी दिए।

प्रवक्ता देवकोटका अनुसार राष्ट्रिय प्रयोगशाला २ हजार ३८३ र उपत्यकाबाहिर ५१३ को परीक्षण गरिएको २८ सय ९५ सम्पन्न भएको र आज १९३ को परीक्षण भइरहेको जानकारी दिए। योसँगै आज बेलुका सम्ममा परीण गराउनेको संख्या ३ हजार कट्ने उनले जनाकारी दिए।

प्रवक्ता देवकोटाले अहिले देशभर ७ हजार ९४ जना क्वारेन्टिमा रहेको जाकारी दिए।