भण्डारा दुग्ध सहकारीको चुनाव हुदै, वर्तमान अध्यक्ष थपलियाको संभावना वलियो

भण्डारा दुग्ध सहकारीको चुनाव हुदै, वर्तमान अध्यक्ष थपलियाको  संभावना वलियो

 

पुष २५ गते । राप्ती नगरपालिकाको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ कार्यसमिति चयनका लागि शनिवार भोली अधिवेशन हुदैछ । आगामी चार वर्षे कार्यकालकाको नयाँ समिति चयनका लागि मतदाननै हुने निश्चित भएको छ । नयाँ नेतृत्वका लागि संस्थाका वर्तमान अध्यक्ष डिल्ली प्रसाद थपलिया र संस्थापक अध्यक्ष रामप्रसाद तिमल्सीनाले दावी गरेका छन् । श्रोतका अनुसार दुवै जनाले अध्यक्ष पदबाट पछि नहट्ने वताएका छन् । वर्तमान अध्यक्ष थपलिया अघिल्लो अधिवेशनमा मतदानबाटै निर्वाचित भएका थिए । थपलियाले हाल राप्ती ४ का वडा सदस्य जगन्नाथ श्रेष्ठलाई १ सय २७ मतले पराजीत गरेका थिए । थपलियाले संस्था र यहाँका किसानका पक्षमा गरेको कामका आधारमा पुन अध्यक्षमा निर्वाचित हुने धेरैको विश्वास छ । राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समिति संयोजक समेत रहेका थपलियाको कार्यकालमा भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले दुवानीका लागि रिक्सा विस्थापित गरेर गाडी खरिद गरेको छ । राप्ती नगरपालिका ४ मा निर्माण भएको पशु दाना उद्योग स्थापनामा पनि थपलियाले महत्वपूर्ण भुमिका खेलेका छन् । नगर भित्र रहेका दुग्ध उत्पादक सहकारी संस्था,राप्ती नगरपालिका र प्रदेश सरकारको सयुक्त लगानीमा दाना उद्योग स्थापना गरिएको छ । जसको शनिवारनै उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कुल ९ सय १६ शेयर सदस्य रहेको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको आगामी नेतृत्वमा पनि आफुनै निर्वाचित हुने थपलियाको दावी छ । नयाँ कार्यसमिति चयनका लागि राप्ती नगरपालिका पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारी प्रमुख निर्वाचिन अधिकृत रहेको निर्वाचन समिति वनाईएको छ ।
हेरौ थपलियाको कार्यकालमा भएको प्रगति र काम
१. राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त । २. ७० वर्ष उमेर पार गरेका शेयरधनीलाई जेष्ठ शेयर धनी पोषण खर्च र एकल महिला शेयर सदस्यलाई सेयरधनी एक महिला प्रेरणा खर्च स्वरुप मासिक ४०० रुपैया वितरण गर्ने प्रथाको प्रारम्भ
३. निशुल्क गर्भाधान,घाँसको बीउमा अनुदान,बीमा कार्यक्रम,छात्रवृत्ती वितरण,म्याट खरिदमा अनुदान,दाना उद्योग स्थापना,दशै खर्च वितरण जस्ता कृषकमैत्री कार्यक्रमहरु
४. स्थापनाको दिन ४ लिटर दुध संकलन भएको र हाल सरदर दैनिक ९ हजार लिटर दुध संकलन
५. शहरको नगदलाई ग्रामिण भेगमा भित्र्याउने सेतुको भुमिका
६. इमान्दारीता,परादर्शीता र जवाफदेहिता प्रति पूर्ण प्रतिवद्ध संस्था स्थापित