सुरु भयो रत्ननगर महोत्सव,वाह्य वस्तुलाई निरुत्साहित गर्न पूर्वअर्थमन्त्री पाण्डेको जोड

सुरु भयो रत्ननगर महोत्सव,वाह्य वस्तुलाई निरुत्साहित गर्न पूर्वअर्थमन्त्री पाण्डेको जोड

पुष २५ गते । चितवनको गौरवको रुपमा लिईएको रत्ननगर महोत्सवको १० औं संस्करण शुक्रवारदेखी सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा टिकौली चौरमा सुरु भएको महोत्वसको एक समारोहका बीच पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गरे । महोत्सवको उद्घाटन समारोहलाई सम्वोधन गर्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मेला महोत्सवले स्थानीय उत्पादन भन्दा वाह्य वस्तुलाई प्राथमिकता दिने गरेको भन्दै यसको अन्त्य हुनु पर्ने वताए । स्थानीय उत्पादनको प्राथमिकताले मात्रै महोत्सवको सान्र्दभिकता हुन्छ पूर्व अर्थमन्त्री पाण्डेले भने – अहिले भईरहेका महोत्सवहरुमा वाहिरी वस्तुले स्थान पाएका छन् जसले यहाँको पुँजी वाहिरिएको छ । पूर्वअर्थमन्त्री पाण्डेले चितवनको शक्तिखोरमा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रको काम छिटो भन्दा छिटो सुरु हुने विश्वास व्यक्त गरे । प्रतिनिधी सभा सदस्य कृष्णभक्त पोखरेलले अझै पनि एकले अर्काको विरोध गर्ने संस्कृतिको अन्त्य नभएको भन्दै सृजनाको काममा सवै लाग्नु पर्नेमा जोड दिए ।

कृषि र पर्यटनलाई प्राथमिकता दिदै रत्ननगर उद्योग बाणिज्य संघले प्रत्येक दुई दुई वर्षमा महोत्सव गर्दै आएको छ । यस पटकको महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने तथा ५० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष एवंम् महोत्सवका संयोजक राजाराम रेग्मीले वताए । उद्घादन कार्यक्रममा प्रदेश साँसद कृष्ण प्रसाद खनाल,पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी,नेपाली काग्रेश चितवनका सभापति जीत नारायण श्रेष्ठ,नेकपाका जिल्ला नेता तेजेन्द्र खड्का,रत्ननगर नगरपालिकाकी कार्यवहाक मेयर विमला दुवाडी,नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ,प्रदेश ३ को सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी,चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान,रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ,महासचिव निराजन खनाल लगायतले मन्तव्य राखेका थिए ।

यस पटकको महोत्सवलाई थप आर्कषित गर्न महोत्सव परिसरमै जीप लाईनको व्यवस्था गरिएको छ भने पञ्चकन्या मध्यवर्ती सामुदायिक वनमा जीप सफारीको पनि व्यवस्था मिलाईएको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला, सँस्कृति, वस्तु एवं सेवाका पाँच सय भन्दा वढि वटा स्टल रहने छन् ।

रत्ननगर महोत्सव अन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म रत्ननगरको टाँडी बजारमा चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना हुने फेस्टिवलका संयोजक एवंम् आर्थिक समिति संयोजक ज्ञान वहादुर विसुरालले वताए । मासु र अण्डा खपत बढाउन विशेष परिकारसहित फुड फेस्टिबल आयोजना गर्न लागिएको विसुरालले जानकारी दिए । महोत्सव उद्घाटन अघि नेपाल माध्यमिक विद्यालयको चौरदेखी महोत्सवस्थल सम्म वृहत शोभा यात्रा निकालिईएको थियो ।