शुभकामना सहकारीद्धारा विद्यार्थीलाई स्वीटर र स्टेशनरी वितरण

शुभकामना सहकारीद्धारा विद्यार्थीलाई स्वीटर र स्टेशनरी वितरण

पुष २५ गते । खैरहनी नगरपालिका १ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाले नगरकै आधारभूत विद्यालय पिद्रहनीका विद्यार्थीलाई स्वीटर र स्टेशनरी वितरण गरेको छ । खैरहनी नगरपालिका ११ मा रहेको सो विद्यालयमा अध्ययनरत बोटे,दलित,जनजातिका ३५ जना विद्यार्थीलाई शुक्रवार न्यानोका लागि कपडा तथा स्टेशनरी वितरण गरेको हो ।

विद्यालयमा स्थापित अक्षय कोषका संयोजक गोकर्ण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका अध्यक्ष अर्जुन लम्सालसहित पदाधिकारीहरुले विद्यार्थीहरुलाई स्वीटर र स्टेशनरी वितरण गरेका थिए । खैरहनी नगरपालिका ११ का वडाध्यक्ष हाकिमसिंह उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकवहादुर पौडेलले विद्यालयका बारे जानकारी गराएका थिए ।