कोभिड–१९ बाट जोगिन युनिट कमाण्डरलाई सेनाको निर्देशन

कोभिड–१९ बाट जोगिन युनिट कमाण्डरलाई सेनाको निर्देशन

काठमाडौं ,२७ फागुन।

नेपाली सेनाले विश्वव्यापी रुपमा फैलिएको नोभेल कोरोना भाइरसबाट जोगिन युनिट कमाण्डरहरुलाई निर्देशन दिएको छ ।

सेनाले कोरोनाबाट जोगिनका लागि सचेतना अभियान सञ्चालनमा ल्याएको हो । सेनाले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट जोगिनका लागि भीडभाडमा नजान आफ्ना सकलदर्जाहरुलाई निर्देशन दिएको हो । सेनाले कोरोना भाइरसको संक्रमणबाट जोगिन युनिट कमाण्डरहरुले पालना गर्नु र गराउनेुपर्र्ने छुट्टै नियम बनाएको छ ।

सेनाले कोरोनाबाट जोगाउन नयाँ आदेश नआउञ्जेलसम्म सकल दर्जाकालाई पि.टी., परेड बाहिर नगराउन निर्देशन दिएको छ ।सेनाले सकलदर्जालाई बिदामा जाँदा सरुवा रोगबाट बच्नका लागि गर्न हुने र नहुने कुराहरु राम्रोसँग जानकारी गराउन पनि भनेको छ ।

सेनाले बिहानको पि.टि लगायतका खेलमा कोरोनाबारे जानकारी गराउन भनेको छ । साथै सेनाले रोगको शंका लागेका व्यक्तिबारे रीपोर्ट बनाउन पनि निर्देशन दिएको छ । ‘ब्यारेक सरसफाइ गर्ने र सरसफाइ भए नभएको अनुगमन गर्ने । हात धुने ठाउँमा पानी र साबून भए नभएको एकिन गर्ने । सकलदर्जाले देख्ने गरी परिमिटरभित्र हात धुने प्रविधि र रोगथबाट बच्ने उपायहरु भएका पोष्टरह र व्यानर लगाउने’, उनले निर्देशन दिँदै भनेका छन् ।

त्यस्तै सेनाले युनिटमा भएका मेडिकलले अपाउने सुरक्षाका उपाएबारे पनि जानकारी दिएको छ । सेनाले सकलदर्जालाई रोगबाट बच्ने उपायको कक्षा र भिडियो देखाउन पनि भनेको छ ।‘साबुन पानीले हात धुने प्रविधिको डेमो देखाउने । खोक्दा र हाछियु गर्दा अपनाउनुपर्ने तरिका सिकाउने । विश्व स्वास्थ्य संगकठको वेवसाइटबाट डाउनलोड गरेर नोटिस बोर्डहरुमा लगाउने, विश्व स्वास्थ्य संगठनले जारी गरेको कोभिड–१९ कार्यविधि दिशा निर्देशन गर्नै,’ सेनाले भनेको छ ।