फेरी बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

फेरी बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं,२७ फागुन ।

होलीपछि सुनको मूल्य बढेको छ । मंगलबार सुन दुई सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।

सोमबार ८२ हजार ५ सयमा कारोबार भएको छापावाला सुन मंगलबार दुई सयले बढेर ८२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । केही दिनअघि पनि सुन तोलामा ८२ हजार सात सय रुपैयाँ पुगेको थियो ।

तेजावी सुन प्रतितोला ८२ हजार ४ सयमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।