करौंडो ठगी आरोप लागेका भेटवालले प्रहरीसमक्ष गरे आत्मसमर्पण

करौंडो ठगी आरोप लागेका भेटवालले प्रहरीसमक्ष गरे आत्मसमर्पण

काठमाडौं,२७ फागुन।

एपेक्स बैंक घोटला काण्डमा मुछिएका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । मंगलबार बिहान महानगरीय प्रहरी परिसर, टेकु पुगेर भेटवालले आत्मसमर्पण गरेका हुन् ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले भेटवालले आत्मसर्मपण गरेको पुष्टी गरेका छन् । जलेश्वर स्वच्छन्द विल्डर्सका सञ्चालक रेहकाभेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो ।

२०७५ वैशाखमा भेटवाललाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बैंकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ठगी गरेको अभियोगमा नियन्त्रणा लिएको थियो । भेटवालले राजधानीका कलंकी लगायतका आकासे पुल निर्माणका लागि भन्दै इन्नोभेटिभ कन्सेप्ट नेपालका नामबाट ऋण लिएको देखिएको छ ।

उच्च अदालत, पाटनले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर, भेटवाल भारतका विभिन्न सहरमा लुकेर बसेका थिए । चन्द्र तामाङले किटानी जाहेरी दिएपछि प्रहरीले भेटवालको खोजी कार्यलाई तिव्रता दिएको थियो ।