कोरोना प्रभाव: कतारको श्रम स्वीकृति बन्द, सयौं युवा प्रभावित

कोरोना प्रभाव: कतारको श्रम स्वीकृति बन्द, सयौं युवा प्रभावित

काठमाडौं,२७ फागुन

आज (मंगलबार) देखि सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक लगाएसँगै नेपाल सरकारले पनि श्रम स्वीकृति दिन बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले मंगलबारदेखि कतारको लागि श्रम स्वीकृति बन्द गरिएको जानकारी दिए । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि कतारले सावधानीसहित जोखिममा रहेको नेपालसहित १४ देशलाई कतार प्रवेशमा रोक लगाएको। हाृे । कतारको सोही निर्णयपछि हाललाई कतार जान चाहने नेपालीका लागि श्रम स्वीकृति दिन बन्द गरिएको दाहालको भनाइ छ ।

उनले अवस्था सहज हुनेबित्तिकै पुनः श्रम स्वीकृति दिन सुरु गरिने जानकारी दिए । हाल कतार जानका लागि दैनिक ४०० जना कामदारले श्रम स्वीकृति लिँदै आएका छन् ।

नेपालमा कोरोनाको संक्रमण कसैलाई नदेखिएको भएपनि विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिमको सूचीमा राखेको छ । पछिल्लो दुई दिनको अवधिमा संयुक्त अरब इमिरेट्स र अस्ष्ट्रेलियामा भने ३ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ ।