काँग्रेसका पुर्ब सभापति मल्लको निधन

काँग्रेसका पुर्ब सभापति मल्लको निधन

फागुन २७ गते ।

नेपाली काङ्ग्रेस रत्ननगरका पुर्ब सभापति समर बहादुर मल्लको निधन भएको छ । पेटको समस्याबाट ग्रसित ५३ बर्सिय मल्लको आज बिहान उपचारका क्रममा काठमाडौमा निधन भएको हो । एक साता अघि उनलाइ उपचारका लागि वीर अस्पताल लगिएको थियो । उनको मृत्युबारे नेपाली काङ्ग्रेस रत्ननगरका सभापति रुपन राज घिमिरेले पुष्टि गरेका छन । उनको आजै देवघाटमा दाहसंस्कार गरिने पनि घिमिरेले बताए । मल्लका श्रीमति , आमा, दुई छोरा,एक छोरी छन । रत्ननगर ९ निवासी मल्ल टिकौली बनको पुर्ब उपाध्यक्ष एबम रत्ननगरका मेलमिलापकर्ता समेत थिए ।