खैरहनीबाट ५४ वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा

खैरहनीबाट ५४ वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा

चितवन , २८ चैत।
सरकारले लागु गरेको लकडाउनको उलंघन गर्ने ५४ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वीचितवनको खैरहनीबाट आज बिहान प्रहरीले ४२ वटा मोटरसाइकल , १० वटा स्कुटर र २ वटा अटोलाई नियन्त्रणमा लिएको हो ।

लकडाउनको उलंघन गरेकाले सवारीसाधन नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए । सरकारले पछिल्लो समय एक स्थानिय तहबाट अर्को स्थानिय तहमा समेत आवतजावतमा कडाई गर्ने निर्णय गरेको थियो ।

केहि मानिसहरु अत्यावश्यक काम बाहेक पनि घरबाट बाहिर हिड्ने गरेको र केहि मानिसहरु आधा किलो आलु , टमाटर , आधा लिटर दुध लिन समेत स्थानिय पसलहरु छोडेर मुख्य बजार नै आउने गरेकाले समस्या परेको प्रहरी निरिक्षक मगरले बताए । प्रहरीले घरबाट बाहिर ननिस्कन र सम्भव भएसम्म खाद्यान्नहरु स्थानिय पसलहरुबाट लिन आग्रह गरेको छ ।