बार्सिलोना क्लबका बोर्डका ६ सदस्यको दिए राजीनामा

बार्सिलोना क्लबका बोर्डका ६ सदस्यको  दिए राजीनामा

एजेन्सी,२८ चैत्र ।

विश्व क्लब फुटबलको ठूलो मानिने बार्सिलोनाका ६ बोर्ड सदस्यले राजीनामा दिएका छन् ।

स्पेनिस क्लब बार्सिलोनाको बोर्ड सदस्यहरूमा विगत लामो समयदेखि विवाद रहेको स्पेनिस मिडियाले बताएको हो ।

बार्सिलोनाका ६ बोर्ड सदस्यले क्लबका अध्यक्ष जोसेप मारियालाई राजीनामा दिएको जानकारी गराएका हुन् । बार्सिलोनामा लामो समययता खेलाडी अनुबन्ध र रिलिजको विषयमा विवाद हुँदै आएको थियो । बार्सिलोनाका अध्यक्ष मारियालाई क्लबका समर्थकले राजीनामा दिनुपर्ने माग राखेका थिए ।

राजीनामा दिनेहरूमा उपाध्यक्ष इमिली रोसुवान्ड र इनरिक टोमबस छन् । त्यस्तै क्लबका डाइरेक्टर सिल्भियो इलियास, मारिया टेक्सिडोर, जोसेप पोन्ट र जोर्डी क्लसमिगिला छन् । यद्यपि उनीहरूको राजीनामा भने स्वीकृत भएको छैन ।

क्लबमा राजीनामा दिएका सदस्यहरूले क्लबले कोरोना भाइरसको महामारीको समयमा यथाशीघ्र ठूलो छलफल गर्न पनि अग्रह गरेको छ ।