राष्ट्रिय वाणिज्य बैंकको सिइओमा पुनः श्रेष्ठ

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा पुनः श्रेष्ठ

काठमाडौं,२८ चैत

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिको बैठकले किरणकुमार श्रेष्ठलाई चैत २९देखि लागू हुने गरी अर्को एक कार्यकालको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत ९सिइओ०पदमा पुनः नियक्ति गरिएको छ। चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो।

यस अघि श्रेष्ठ २०७२ चैत २९ मा खुला प्रतिस्पर्धाबाट चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए। उनले २०४३ सालमा नेपाल बैंक लिमिटेडमा सहायक प्रबन्धक पदबाट बैंकिङ करिअर सुरु गरी नेपाल बैंकको महाप्रबन्धक पदबाट अवकाश लिएका थिए। श्रेष्ठले विश्व बैंकको सहयोगमा सञ्चालित वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत नेपाल बैंकको व्यवस्थापन तहमा रहेर विभिन्न जिम्मेवारीमा समेत कार्य गरिसकेका छन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्।