रामायणका ‘सुग्रीव’ श्याम सुन्दर कालानीको निधन

रामायणका ‘सुग्रीव’ श्याम सुन्दर कालानीको निधन

काठमाडौं ,२८ चैत

रामानन्द सागरको ‘रामायण’ ९१९८७० मा बाली र सुग्रीवको भूमिका निभाउने श्याम सुन्दर कालानीको निधन भएको छ । भारतीय मिडियाका अनुसार उनको निधन करिब १० दिनअघि भएको हो । तर लकडाउनका कारण यसबारे धेरैलाई थाहा हुन सकेन ।

एक भारतीय पत्रिकाले कालानीका भाञ्जा मदनानीलाई उद्धृत गर्दै उनको २९ मार्च (आइतबार) निधन भएको बताएको छ । उनी लामो समयदेखि क्यान्सरबाट ग्रस्त थिए । कालानी हरियाणाको पिन्जोरको कालका हाउसिङमा बस्दथे ।