लायन्स क्लवद्धारा खैरहनीको राहत कोषलाई चामल सहयोग

लायन्स क्लवद्धारा खैरहनीको राहत कोषलाई चामल सहयोग

चितवन, २८ चैत ।

खैरहनी नगरपालिकाले स्थापना गरेको विपद राहत कोषमा जिन्सी समेत सहयोग हुन थालेको छ । कोषमा आर्थिक सहयोगले तीव्रता पाईरहेका वेला जिन्सी समेत सहयोग हुन थालेको हो । सहयोगका क्रममा शुक्रवार लायन्स क्लव अफ चितवन इष्ट र लायन्स क्लव अफ चितवन इष्ट ग्रीनले नगरपालिकालाई ३० किलोको २५ बोरा चामल प्रदान गरेको छ । चितवन इष्टका अध्यक्ष रमेश पराजुली र चितवन इष्ट ग्रीनकी अध्यक्ष लक्ष्मी घिमिरेसहितको दुवै लायन्स क्लवका पदाधिकारी तथा सदस्यहरुको टोली नगर प्रमुख लालमणी चौधरी,उपप्रमुख सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा लगायतको रोहवरमा चामल प्रदान गरेका हुन् ।

चितवन इष्ट ग्रीनकी अध्यक्ष घिमिरेका अनुसार ३० हजार वरावरको चामल दुई वटा लायन्स क्लवले सहयोग गरेको हो । चामल हस्तान्तरणका अवसरमा लायन्स क्लव अफ चितवन इष्टका पूर्व अध्यक्ष केएन सिलवालले नगर भित्र कसैले पनि भोको पेट वस्न नपरोस भनेर नगरपालिकासंग साझेदार गरेको वताए । नगर प्रमुख लालमणी चौधरीले सहयोगी संघसंस्थाबाट प्राप्त सहयोग विपन्न,ज्यालामजदुरी गर्ने वर्गलाई प्रदान गरिने वताए ।

हामी सहयोग चाहियो भनेर माग्दैनौ नगर प्रमुख चौधरीले भने – स्वइच्छाले सहयोग गर्नेका लागि नगरको ढोका खुल्ला रहन्छ । खैरहनीको राहत कोषमा स्वतस्फुर्त रुपमा नगर भित्रका व्यक्ती,संघसंस्ताले सहयोग गरिरहेका छन् । अहिले सम्म ४ लाख भन्दा वढि रकम संकलन भईसकेको छ । पहिलो चरणमा ३ हजार ६ सय ५९ घरधुरीलाई राहत वितरण गरेको खैरहनी नगरपालिकाले पुन लकडाउनको समयावधि थपेमा राहतको कार्यक्रम ल्याउने तयारी समेत गरेको छ ।